रूपाकोट संवाददाता–
खोटाङ, मङ्सिर ६–रावाबेसी गाउँपालिकामा आगलागी हुदा पाँच लाख बराबरको क्षति भएको छ । उक्त गाउँपालिका–४ डुम्रेधारापानीका इन्द्रबहादुर भुजेलको घरमा मङ्सिर ५ गते राती आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको हो ।
राती करिब सवा ८ बजेतिर भएको आगलागीमा ढुङ्गा–माटो र जस्ताले छाएको घर, लत्ताकपडा, भाडाकुँडा लगायत बन्दो बस्तीका सामग्री जलेर नष्ट भएको छ । आगो स्थानीय र प्रहरीले करिब साडे दश बजेतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।




















