रूपाकोट संवाददाता–

खोटाङ, कात्तिक २४रावाबेसी गाउँपालिकामा आगलागीबाट दुई वटा घर जलेर नष्ट भएको छ । उक्त गाउँपालिका–५ दुबेकोलका वीरबहादुर गुरुङको दुई वटा घर कात्तिक २४ गते दिउसो जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार गुरुङको ढुङ्गा–माटोले बनेको घरको छाना भएको तीन तले दुई वटा घरमा दिउसो ४ बजे लागेको आगोले जलेर नष्ट भएको हो । डुम्रेधारापनीबाट खटिएको प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको पोखरेलले बताए । क्षति विवरण आइनसकेको पोखरेलले जनाए ।