रूपाकोट संवाददाता–

खोटाङ, असोज १९–साकेला गाउँपालिकाले वडा–वडामा सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । अशक्त, अपाङ्गता भएका तथा बृद्ध–बृद्धालाई सहज सुविधा दिन शिविर मार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।

वडा–वडामा बैंकिङ प्रविधिबाट सामाजिक सुरक्षाभत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । सामाजिक सुरक्षा तथा पन्जीकरण शाखाका डिएम चाम्लिङका अनुसार चालु आर्थिक वर्षको प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता अन्तरगत गत असोज १३ गतेदेखि वडा–वडामा एसबिआई बैंक र गाउँपालिकाको सहकार्यमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । उनका अनुसार उक्त गाउँपालिकाको वडा नं २ रतन्छामा असोज १३ गते एक सय २१ जनालाई १७ लाख २५ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । 

त्यस्तै वडा नं ५ मात्तिमबिर्तामा असोज १४ गते एक सय ८ जनालाई १८ लाख ९ हजार, वडा नं ३ खिदीमामा असोज १५ गते ७९ जनालाई १० लाख ७० हजार, वडा नं ४ मात्तिममा असोज १६ गते ४० जनालाई ८ लाख १७ हजार, वडा नं १ बाँझेच्यानडाडाँमा असोज १७ गते ९१ जनालाई १९ लाख ४४ हजार रूपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । असोज २० गते पनि वडा नं १ बाँझेच्यानडाडाँको डाडाँगाउँमा सामाजिक सुरक्षाभत्ता वितरण गरिने चाम्लिङले बताए ।